कैलाली । जिल्लाकाे घोडाघोडी नगरपालिका कार्यालय सुखडले थारु समुदायको विशेष पर्व लवाँगी पूजाको अवसर पारेर पौष १ गते सार्वजनिक बिदा दिने भएको छ ।



लवाँगी पूजाको अवसरमा घोडाघोडी नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, तथा संघसंस्थाका सम्पूर्ण कार्यालयमा बिदा दिने निर्णय गरेको जनाइएको छ ।



