बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिकामा स्थानीय तहमा CTVT समन्वय समिति गठन सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


विहिबार सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धनगढी कैलालीको आयोजना उक्त कार्यक्रम बर्दगोरियामा सम्पन्न भएको हो ।गाउँपालिका उपाध्यक्ष गणेशराज गिरिको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रशिक्षण प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका प्राविधिक अधिकृत टंक प्रसाद उपाध्याय गरेका थिए ।


यस्तै सोही कार्यक्रममा स्थानीय तह प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम समन्वय समिति समेत गठन गरिएको छ । उक्त समितीमा सम्बन्धि पालिकाको प्रमुख प्रशासकीय अधिकृत संयोजन रहने गरि ५ जनाको समिति गठन गरिएको हो । जस अन्तर्गत समितिको सदस्य सचिवमा शिक्षा शाखा प्रमुख, सदस्यहरूमा रोजगार संयोजक र दुई जना स्थानीय तहले तालेको आम नागरिक रहने व्यवस्था रहेको छ ।

समितिले स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी कार्यक्रम तथा बजेट प्रस्ताव गर्ने र स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने, वार्षिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धी निकाय समक्ष पेस गर्ने, स्थानीय तहमा राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यान्वयन गर्ने आवश्यक समन्वय र सहजीकरण गर्ने बताइएको छ ।


कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले उक्त कार्यक्रम लाई पालिकामा एक नमुना कार्यक्रमको रुपमा स्वागत गर्दै कार्यान्वयन गर्ने बताए । उनले भने- “सरकारले जुन लक्ष्य लाई बोकेर यो कार्यक्रमको आयोजना गरेको छ, त्यसलाई कार्यान्वयन पक्षतिर लग्दै सहकार्य गर्न बर्दगोरिया गाउँपालिका पुर्ण रुपमा तयार भएको छ ।

अब हामि यही कार्यक्रमको कार्यविधिमा आधार मान्दै पालिका भित्र रहेका सम्बन्धि निकायका आम जनसमुदायलाई उनिहरुको योग्यता र दक्षताको आधारमा पालिकाले गर्ने सहयोग गर्ने छ ।”


कार्यक्रम स्थानीय वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, पालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि हरुको सहभागिता रहएको थियो ।