कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर -६ पृथ्वीपुरमा बालक बचाउँ अभियानको सुरुवात गरिएको छ ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर -६ पृथ्वीपुर बस्ने नगेन्द्र चौधरीका छोरा १३ वर्षीय बालक उमङ्ग चौधरी विगत केही महिना देखि मुटु रोगले पीडित रहेका छन् । मुटु सम्बन्धी रोगले ग्रसित चौधरीको उपचार हाल सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाण्डौमा उपचार भइरहेकोछ । 

बिरामी निज चौधरीको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न असहज भएको छ । तसर्थ उनको उपचारका लागि सहयोग गरिदिनुहुन सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, कर्मचारी, पत्रकार, समाजसेवी तथा अन्य सङ्घसंस्थाहरू बाट सहयोगको लागि अपिल गरिएको छ ।

बिरामीलाई सहयोग गर्नको लागि उनको आमा सरिता चौधरीको नाममा सानिमा बैंक लि बौनिया शाखामा रहेको चल्ती खाता नम्बर ०८७०११०९००००७३९ मा सहयोग गर्न सकिने छ तसर्थ बिरामी बालकलाई बचाउनका लागि सहयोगी हातहरुलाई सहयोगको लागि हार्दिक अनुरोध छ ।