बौनिया । समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भूमिका अतुलनीय रहेको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष  कर्ण बहादुर कुवँरले बताएका छन ।

२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमापालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा उनले आजको दिनमा पनि समुदायमा नागरिकहरुले सबैभन्दा धेरै विश्वास स्वयंसेवीको नै गरिरहेको बताएका हुन ।

‘पेशाप्रती इमानदार उहाँहरु जति कोहि लागेन आफू निर्वाचित भएर आएको डेढ वर्षमा अन्य कर्मचारीको सिकायत आएपनि पालिकाका ६ वटै वडामा ४७ जना स्वयंसेविका रहेपनि कसैको गुनासो आफुकहाँ आएको छैन’ उनले भने ‘यसैबाट प्रमाणित हुन्छ कि उहाँहरु प्रेशाप्रती कति कटिबद्ध हुनुहुन्छ ।’

सथै ४७ जना स्वयंसेविका हरु लाई १ थान साईकल एक महिना भित्र उपलब्ध गराउने बताएका छ्न ।

२०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गाउँपालिकाका वडा न १ का  बरै साउद ,वडा न २ का धनसरा जोशी ,वडा न ३का रिता देवि चौधरी ,वडा न ४ का जुनिता देवि चौधरी ,वडा न ५ का हिरामती देवि चौधरी ,वडा न ६ का फुलरानी डगौरा विभिन्न वडामा कार्यरत ६ जना स्वयंसेविका सम्मानित  भएका छन ।

कार्यक्रममा भएका ६ वटै वडाका  स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान पत्र र दोसल्ला सहित  गाउँपालिका अध्यक्ष कुवँरले बधाई दिएका थिए । कार्यक्रममा गाउँपालिका उपध्यक्ष , वडा न.१का अध्यक्ष मिथुन गौतम ,  , शिक्षा शाखा प्रमुख,प्रशासकिय अधिकृत  गोबिन्द रेग्मी ,  कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखा र ४७ जना स्वयंसेविका स्वास्थ्य चौकीका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

त्यसअघि गाउँपालिकाको प्रांगणमा जम्मा भएका पालिकाभरीका सम्पुर्ण स्वास्थ्य स्वयंसेविकाले गाउँपालिकाको कार्यालयदेखि बौनिया चौराह र मुडाचौराहदेखि गाउँपालिकासम्म जनचेतनामूलक ¥याली निकालेका थिए । विभिन्न प्ले कार्ड सहित ¥यालीमा सहभागी उनीहरूले स्वास्थ्य जनचेतना र महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्व बारे नारा प्रस्तुत गरेका थिए ।