बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर -५ मा आज एक कार्यक्रमका बीच श्री रामजानकी मन्दिर र शिव मन्दिरको एकसाथ शिलान्यास गरिएको छ ।


वडा नम्बर -५ को कोइलीभुरुवा टोलमा श्री रामजानकी मन्दिर उपभोक्ता समूहका अध्यक्ष चक्र बहादुर डगौराको अध्यक्षतामा बर्दगोरिया गाउँपालिकाका निवर्तमान अध्यक्ष बलिराम डगौरा थारु र वडा नम्बर -५ का अध्यक्ष भोलेराम डगौराले संयुक्तरुपमा मन्दिरको शिलान्यास गरेका हुन् ।




बर्दगोरिया गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटको १० / १० लाखको लागतमा निर्माण हुने २ वटा मन्दिर जम्मा रू २० लाखको बजेटमा निर्माण हुँदैछ । यस्तै मन्दिरको निर्माण कार्य चाँडै माघ मसान्त भित्रै निर्माण सम्पन्न गर्ने योजना रहेको मन्दिर निर्माण उपभोक्ता समूहका अध्यक्ष चक्र बहादुर डगौराले बताएका छन् ।