
अत्तरिया । कैलालीको अत्तरियाबाट बिदाको दिन अनुमति विना चलाइएको सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालयका सबइन्जिनियर उपेन्द्र महतराले अनुमति विना चलाएको मोटरसाइकल स्थानीय युवा भुवन भट्टले नियन्त्रणमा लिएका हुन ।




सुपप्र ०१००१ ब २०८६ नम्बरको उक्त मोटरसाइकल भट्टले नियन्त्रणमा लिएर सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई खबर गरेका थिए । प्रहरीले चेकजाँच गर्दा उक्त मोटरसाइकल अनुमति विना बिदाको दिन चलाएको भेटिएपछि नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकल अहिले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा राखिएको छ ।

महतराले बिदाका दिन चलाएको मोटरसाइकलका कागजात तथा परिचयपत्र पनि साथमा नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीले कागजात ल्याएर आइतबार मोटरसाइकल फिर्ता गरिने जनाएको छ ।















