बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा १ दिने निःशुल्क आँखा शिविर तथा वृहत रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।



कार्यक्रममा बर्दगोरिया गाउँपालिका -६ नं वडा अध्यक्ष राम कृष्ण डगौरा थारु प्रमुख रहनु भएको थियो । प्रमुख अतिथिको रूपमा बोल्दै थारुले समाजमा हुने यस्ता विविध कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका जनताहरूको स्वास्थ्य चेकजाँच गर्न सहज हुने बताउनु भयो जसले गर्न गाउँघरमै सहजरुपमा जनताले सेवा लिन पाएकोले वहाँले खुसी व्यक्त गर्नु भयो । यस्तै विशिष्ट अतिथि वडा नंं -४ का अध्यक्ष जगत बहादुर शाहीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो ।





पालिकाको वडा नम्बर -६ स्थित हाटबजारमा नेपाल रेडक्रस सोसाइटी टिकापुर शाखा, श्रीकृष्ण आँखा अस्पताल टिकापुरको सहकार्य तथा बर्दगोरिया वडा नं -६ को समन्वयमा बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.ली.को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


आँखा शिविरमा ३७३ जनाले आँखाको जाँच गराई सेवा लिएका छन् जसमध्ये करिब ६० जना भन्दा बढीलाई मोटी बिन्दुको समस्या देखिएको छ । मोटी बिन्दुको समस्या भएका विरामीहरुको टीकापुर स्थित श्रीकृष्ण आँखा अस्पतालमा शनिबार निःशुल्क रूपमा सल्यक्रिया गरिने आयोजक बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.ली.का प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिएका छन् ।


रक्तदान कार्यक्रम बाट विभिन्न सामाजिक व्यक्तिहरूको रक्तदान बाट १४ पिन्ट रगत सङ्कलन भएको जनाइएको छ । आपातकालीन अवस्थामा रहेका बिरामीहरूलाई सहजरुपमा रगतको अभाव केही मात्रामा भए पनि सहज होस् भन्ने उद्देश्यले रक्तदान जीवनदान कार्यक्रमको आयोजना गरिएको निर्देशक चौधरीले बताउनु भयो । कार्यक्रमको सञ्चालन बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.ली.का व्यवस्थापक प्रमुख सागर चौधरीले गरेका थिए ।



