कैलाली । आफ्ना सहकर्मी विद्यार्थी लाई सर्पले टोकेर अवस्था गम्भीर वने पछी धनगढीमा रहेको नेपाल पुलिस स्कुलका विद्यार्थिहरुले आर्थिक सहयोग संकलन गरेका उपचारका लागी प्रदान गरेका छन् ।

नेपाल पुलिस स्कुल धनगढीमा कक्षा ४ मा अध्यानरत हर्षल वुढा लाई उपचारका लागी सहयोग पुगोस भन्ने उदेश्यले विद्यार्थिहरुले आफ्नो एक दिनको खाजा खर्च कटाएर सहयोग संकलन गरी हस्तान्तरण गरेका हुन् ।

गत साउनमा वुढा लाई सर्पले टोकेपछी उपचारका लागी सेती अस्पताल धनगढी लगीएको थियो । केहि दिनको उपचार पछी सन्चो भएका वुढा लाई पुन रोग वल्झिएपछी अहिले उनको काठमाण्डौ स्थीत शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

काठमाण्डौमा उपचार गराईरहेका वुढाको उपचारमा थोरै भएपनी सहयोग पुगोस भन्ने हेतुका साथ आफुहरुले आफ्नो खाजा खर्च कटौती गरी सहयोग रकम प्रदान गरेको विद्यार्थिहरुले वताएका छन् । संकलन भएको १२,७०५ रुपैया विद्यार्थिहरुले विद्यालयका प्रधानाध्यापक डिल्लीराज जोशी लाई हस्तान्तरण गरेका थिए ।

प्रधानाध्यापक जोशीले विद्यार्थिहरुले प्रदान गरेको सहयोग रकम वैङ्क मार्फत उपचार गराईरहेका वुढाका अभिभावक लाई पठाउने जानकारी दिएका छन् । आफ्ना साथी लाई दुख परेको समयमा विद्यार्थिहरुले गरेको यो कार्य निकै सह्रार्निय रहेको विद्यालयका शिक्षक भवानी रेग्मीले वताएका छन् ।