डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुराले ओपीडि सेवा थप गरेको छ । सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्र अस्पतालले ओपीडि सेवा थप गरेको हो।

आज एक सूचना प्रकाशित गर्दै अस्पतालले अस्पतालबाट प्रवाह हुने दैनिक ओपीडि सेवा (बहिरङ्ग) सेवालाई थप प्रभावकारी बनाउन सेवा थप गरेको जानकारी दिएको छ । अस्पतालले ओपिडी सेवा अब बिहान ९ः३० देखि बेलुका ५ बजेसम्म कायम गरिएको जानकारी दिएको छ।