धनगढी । धनगढीमा दुई करोड लगानिमा डर्म डाईनामिक्स क्लिनिक संचालनमा आएको छ । शनिबार एक कार्यक्रम बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साँउदले उद्घाटन गरेका हुन् ।



डर्म डाईनामिक्स स्कन हेयर एण्ड लेजर क्लिनिक सञ्चालनमा आएको छ । छाला, कपाल र यौन रोग सम्बन्धि विरामीलाई लक्षित गरी धनगढीको न्यु रोड तारानगरमा सञ्चालनमा आएको हो । यौन, छाला तथा सौन्दर्य रोग बिशषेज्ञ डा. अनिलकुमार भट्ट र डा. उम कयालले संचालनमा ल्याएका हुन् ।




डर्म डाईनामिक्स स्कन हेयर एण्ड लेजर क्लिनिक डण्डीफोर, चाया, पोतो, दाद, उकुच, मुसा, मासु पलाएको, यौन रोग, दुबी, कत्ले रोग, ट्याटु हटाउने, छाला तन्काउने र कसिलो बनौउने, कपाल झर्ने लगायत सम्पूर्ण छाला र यौन सम्बन्धी समस्या हुनेहरुलाई सेवा दिने उद्धेश्यले क्लिनिक संचालनमा ल्याईएको यौन, छाला तथा सौन्दर्य रोग बिशषेज्ञ डा. अनिलकुमार भट्टले जानकारी दिए ।

सौन्दर्य सम्बन्धी हाइड्रा फेसियल, भ्याम्पाएर फेसियल, मेडी पिल, पिआरपि, कार्बन लेजर पिल सम्बन्धि सेवा आधुनिक लेजर प्रविधिबाट गरिने संचालकले जानकारी दिएको छ । नेपालमै नाम कमाएका यौन, छाला तथा सौन्दर्य रोग बिशषेज्ञ डाक्टर अनिलकुमार भट्टले काठमाण्डौको कुमारीपाटीमा पनि मुख्य क्लिनिक संचालनमा ल्याएका छन् ।


सोही क्लिनिकको धनगढीमा शाखा संचालनमा ल्याएको उनले बताए । ‘मुनाफा भन्दा पनि आफ्नो क्षेत्रमा यसको सम्भावना छ भनेर पहिचान गराउन क्लिनिक स्थापना गरेका हौ’ डा.भट्टले भने–‘आफ्नो ज्ञान सुदूरपश्चिमका नागरिकलाई पनि दिने उदेश्य हो ।’उनले आफ्नो छालाको हेरचाह सुरुवात देखिनै गरे ठूलो समस्या ननिम्तिने बताउदै बिज्ञ चिकित्सकद्वारा आवस्यक परामर्श र सेवा लिई अनुहारमा चमकता कायम राख्न अनुरोध गरे । उनले केन्द्रीय क्लिनिक काठमाण्डौको कुमारीपाटीमा संचालनमा रहेकोले त्यसको शाखा पोखरामा र अहिले धनगढीमा ल्याएको बताए ।
