काठमाण्डाै । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् ।



क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने तथा महाराजगञ्ज र कमलादी शाखाको सफ्टवेयर एकीकरणसम्बन्धी कार्य गर्नुपर्ने भएकाले आउँदो शुक्रवार दिउँसो ३ बजेदेखि २८ गतेसम्म सेवा बन्द हुने केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादीमा अनलाइन भुक्तानी सेवा तथा महसुल सङ्कलन काउन्टर, नयाँ धारा जडानलगायत सबै सेवा तीन दिनसम्म बन्द रहनेछन् ।













