
सागर चौधरी /बौनिया । कैलालीको जोशीपुर गाउँपालिकामा गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय विदा दिने निर्णय गरिएको छ ।






थारु समुदाय गुरही पर्वलाई विशेष पर्वकोरुपमा मनाउदै आएकोले गुरही पर्वको अवसर पारेर पालिकाले एक दिन स्थानीय विदा दिने निर्णय गरेको हो। भदौ ४ गते गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय विदा दिएको प्रमुख प्रशासकीय अधिकृत मार्शल पन्तद्धारा जारी सूचनामा उल्लेख छ ।
