काठमाण्डौ । टेक्सास इन्टरनेशनल कलेजमा बहुप्रतिक्षित टेक्सास ह्याकाथन २०२५ सुरु भएको छ। BSc. CSIT र BCA  कार्यक्रमका विद्यार्थीहरू मिलेर बनेका १० टोलीहरू यो रोमाञ्चक प्रतिस्पर्धामा सहभागी भएका छन्।

विद्यार्थीहरूको व्यावसायिक विकास र अनुभवमा आधारित सिकाइमा केन्द्रित रही टेक्सास कलेजले यस प्रकारका कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आएको छ। विजेता टोलीलाई रु. ५०,००० नगद पुरस्कार प्रदान गरिनेछ।

वास्तविक जीवनका समस्या समाधान गर्ने क्षमता र उद्योगसँग सम्बन्धित सीप विकास गर्ने उद्देश्यले टेक्सास इन्टरनेशनल कलेजले यस्ता कार्यक्रमहरू कडाइका साथ सञ्चालन गर्दै आइरहेको छ।

वास्तविक जीवनका समस्या समाधान गर्ने क्षमता र उद्योगसँग सम्बन्धित सीप विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।