काभ्रे । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नं. ९ स्थित नार्केमा लेदोसहित आएको पहिरोको कारण बीपी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार साँझ ५ः०० बजेको समयमा वर्षात्‌सँगै लेदोसहित आएको पहिरोका कारण अहिले बीपी राजमार्गमा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

अवरुद्ध भएको राजमार्गलाई ट्राफिक प्रहरी, प्रहरी, सडक विभागको सहकार्य र समन्वयमा खुलाउने प्रयास जारी रहेको उनले बताए । उनका अनुसार अबको एक/आधा घण्टामा बाटो खुल्ने अनुमान गरिएको छ ।