काठमाण्डौ । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ ।

टेलिकमले सूचना जारी गर्दै ढुवानीका क्रममा ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जानकारी दिएको छ ।





टेलिकमले सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड खरिद बिक्री नगर्न वितरक र ग्राहकलाई अनुरोध गरेको छ।
ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न नेपाल टेलिकमले अनुरोध गरेको छ।


