धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर-४मा मोटरसाइकल चोरी भएको छ।  गएराति धनगढी उपमहानगरपालिका –४ स्थित घरको ग्यालरीमा पार्क गरेर राखेको अवस्थामा बालकृष्ण  चौधरीको निलो कलरको पल्सर २२०f मोटरसाइकल चोरी भएको चौधरीले बताए।

२०८० फागुन २७ गते रातीको १२ः३० देखी ४ः३० बजे भित्रको समयमा सु.प.प्र.०१००९ प ४८४६ नम्बरको  निलो–कालो कलरको बजाज कम्पनीको पल्सर २२०F मोटरसाईकल अज्ञात समुहले चोरी गरी फरार रहेको हुनाले फेला पार्नुहुने महानुभावहरुले नजिकको प्रहरी प्रशासन अथवा मोबाईल नम्बर ९८६५७१९१६७/९८१४६९८६२८ मा जानकारी गराईदिनहुन अनुरोध गरिन्छ ।

नोट :  फेला पार्नुहुने अथवा खबर गर्ने महानुभावलाई उचित सम्मान सहित पुरस्कारको ब्यवस्था गरिनेछ ।