खेम राज पाण्डे, भजनी। कैलालीको भजनीमा रहेको नबबिहानी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड टी.आर. २९/३० सुनाफाँटाको छैठौं औं साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गोविन्द बहादुर रावलको अध्यक्षता भएको कार्यक्रमका भजनी नगरपालिका वडा नं ८का वडा अध्यक्ष पंकज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य लत्तु चौधरी,कालिका आधारभूत विद्यालयका अध्यक्ष ओम प्रकाश पाण्डे , भलमन्सा भागीराम चौधरी, र उपभोक्ता लगाएतको उपस्थित भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले उक्त विद्युत सहकारीलाई अगाडि बढ्न हातेमालो गर्न तयार रहेको बताए।सो अवसरमा संस्थाको आर्थिक वर्ष २०८०/२०८१ को ६ लाख १७ हजार ३सय ३०रुपैयाँ बराबरको आय व्यय बिबरण संस्थाका कर्मचारी मोहन कुमार चौधरीले प्रस्तुत गर्न भएको थियो ।

साधारण सभाबाट सर्व सहमत सञ्चालक समिति चयन गरिएको छ। ओम प्रकाश पाण्डेको अध्यक्षतामा ९सदस्य सञ्चालक समितिको चयन गरिएको हो। जसमा अध्यक्षमा ओम प्रकाश पाण्डे ,उपाध्यक्ष इन्द्र लाल धमाला,सचिव फाकु राम चौधरी, कोषाध्यक्ष कृष्णा चौधरी र सदस्यमा भिमा खत्री, ठग्गा चौधरी चयन गरिएको हो।त्यस्तै संस्थाका कोषध्यक्ष कृष्णा चौधरीले स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालक लेखा संयोजक जय प्रसाद ढुंगानाले गर्नुभएको थियो