भदौं ३०, कैलाली । जिल्लाको गौरीगंगा नगरपालिका वडा नंं ४ स्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

CP-HOSPITAL

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बमले बदनियतपूर्ण तवरले सेवा सुविधा उपलब्ध गराउन निर्णय गरिदिन्छु भनी बार्गेनिङ्ग गरी सेवाग्राहीसँग घुस माग गरी दुई लाख रुपियाँ रकम लिएको देखिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बमलाई बिगो दुई लाख रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।