बौनिया । नेकपा एमालेको नवौँ अधिवेशनमा कैलालीको गोदावरी नगरपालिका– २ अत्तरियाका गणेश जिमि साउँदले उपसचिव पदमा आफ्नो दावेदारी पेश गरेका छन । जिल्लाको आठौ अधिवेशनमा अत्याधिक मत प्राप्त गरी सदस्यमा विजयी भएका उनले नवौँ अधिवेशनमा भने उपसचिवका दावेदारी पेश गरेका हुन ।

पाटीले पदाधिकारी इच्छा पत्र माग गर्दा आफुले उपसचिवमा इच्छा पत्र पेश गरेको उनले बताएका छन । उनले आफु उक्त पदको बलियो दावेदार भएको समेत बताए । ‘मैले समाज र पाटी भित्र खेलेको भुमिका र आठौँै जिल्ला अधिवेशनको अत्याधिक मतका कारण म यो पदको बलियो उम्मेदवारका रुपमा रहन्छु’ उनले भने ।

२०४९ सालदेखी नै नेकपा एमालेको विभिन्न क्षेत्रमा क्रियाशिल रुपमा रहेका उनले आफुलाई पार्टी संगठनलाई सुदृढ गर्ने योद्धाका रुपमा उभ्याएका छन । करिब २० वर्षदेखी सामाजिक क्षेत्रमा विभिन्न अभियानहरु सञ्चालन गरेका उनले देशैभर स्वास्थ्य क्षेत्रबाट सेवा दिदै आएका छन । हाल नेकपा एमालेको कैलाली जिल्ला कमिटि सदस्य तथा गोदावरी नगरका पार्टि सहजकर्ता (इन्चार्ज) समेत रहेका उनि एमालेको खराब अवस्थालाई मेट्न आफु लागिपरेको बताउँछन ।
गोदावरीमा सहजकर्ताका रुपमा आईसकेपछि आसन्न अधिवेशनका प्रतिनिधि छनौटमा पनि उनले एमालेलाई एकढिक्का बनाएको बताईन्छ । विगतदेखी को एमाले गोदावरी भित्रको गुट उपगुट आफु इन्चार्ज भएसँगै समाप्त पारेको उनको विस्वास छ । नेकपा एमालेको नवौँ जिल्ला अधिवेशन यही फागुन ६ र ७ गते सुख्खडमा हुदैछ ।