सागर चौधरी, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री कैलाली ज्ञान ज्योति इंग्लिश बोडिङ्ग स्कुल को १४औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।




श्री कैलाली ज्ञान ज्योति इङलिस बोर्डिङ स्कुल व्यवस्थापन समिति अध्यक्ष अमर भण्डारीकाे अध्यक्षतामा बर्दगोरिया गाउँपालिका वडा न ५ का वडा अध्यक्ष भोलेराम चौधरीको प्रमुख आतिथ्यता एव वडा सदस्य नैन बहादुर डगौराको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष चौधरीले हामी सबैको सोचाइ सहर या बजारको स्कुलमा आफ्ना बालबालिकालाई पढाउन खोज्छौं तर शिक्षा भन्ने चिज गाउँको स्कुलमा पनि लिन सकिन्छ, शिक्षा ,सस्कार दिने स्कुलको कर्तव्य मात्र नभइ हामी र हाम्रो सबै अभिभावकको पनि हो विद्यार्थी बाल बालिकाहरु स्कुलको समय भन्दा घरमा रहेको बेला धेरै बिग्रेको देखेका छौ ।


त्यसैले आफ्नो बाल बालिकाहरुलाई हरेक दिनमा २ घण्टा सम्म समय दिन अनुरोध गर्नुभयो । जोकोहि संगतले बिग्रेको देखिन्छ तसर्थ बाल बालिकाहरु कसको संगतमा छ्न कस्तो सगतमा घुम्दै छ्न त्यो मूल्यांकन गर्ने जिम्मेवारी अभिभावकको हो उनले भनें, साथै कैलाली ज्ञान ज्योति इङलिस बोर्डिङ स्कुले प्रत्येक हप्ताको शुक्रबार आयोजना गर्ने हाजीरी जवाफ प्रतियोगिताले अझै बाल बालिकाहरुलाई प्रोत्साहन दिनको निम्ति एकदमै राम्रो अतुलनीय काम गरेको भन्दै प्रशंसा गरे ।












