बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको नमुना ग्रामीण बिधुत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

CP-HOSPITAL

सहकारी संस्थाका अध्यक्ष भिम बहादुर जपालिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहेका थिए ।कार्यक्रममा संस्थाका प्रवन्धक दिल बहादुर साउदले आर्थिक वर्ष २०७९/०८० को ४२ लाख ,५९ हजार, ५ सय २१ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।

सहकारी संस्थाका उपाध्यक्ष देविराम डगौराले स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा पुर्ब अध्यक्ष महाबिर साउद, कालिका माध्यामिक बिधालय ब्यवस्थापन समिती अध्यक्ष टेक बहादुर मिजार, प्रध्यानाध्यापक उदय सिंह बि सि, सिर्जनशिल ग्रामीण विद्युत सहकारीका अध्यक्ष देवानन्द जैशिले संस्थाले राम्रो काम गरेको र आगामी दिनमा अझ राम्रो काम गर्दै संस्थालाई चलायमान बनाउन तर्फ अगाडी बढ्न शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा पुर्ब अध्यक्ष महाबिर साउदलाई दोसल्ला र खादा लगाएर सम्मान गरिएको छ । साथै स्थापनाकाल देखि आजसम्म संस्थालाई चलायमान बनाएको भन्दै पुर्ब पदाधिकारीहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीले वडा नम्बर ४ को विकास र समृद्धिका लागि आफू दिनरात नभनी लागी रहेको बताए । कसैको गुनासो या सुझाव भए आफुलाई आएर भन्न आग्रह गर्दै सामाजिक संजालको दुरुपयोग नगर्न र वडा नम्बर ४ लाई सामाजिक संजालमा बदनाम नग्रन समग्र वडा बासी युवाहरुमा अपिल गरेका छन ।

संस्थाले शेयर सदस्य लाभांश कोषको स्थापना गरि सम्पुर्ण सेयर सदस्य तथा उपभोक्ताहरुलाई एक एक थान सिएफएल बल्ब वितरण समेत गरेको छ । कार्यक्रमको संचालन सचिव वीर बहादुर साउदले गरेका थिए ।