कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । केही दिनदेखि निमोनियाले सङ्क्रमणले थपा परेका बडुवालको उपचारको लागि लखनउ लिँदै गर्दा बाटोमै निधन भएको हो ।

लम्किचुहा नगरपालिका -२ चौरी निवासी बडुवाल पार्टीको तीन अभियान क्रममा कार्यक्षेत्र डोटी कमान्ड नं. ६ बडीकेदार र जोरायलको जिम्मेवारीमा खटिएका महेश स्वास्थ्यमा समस्या देखा परेपछि कैलाली फर्किएर उपचारमा लागेका थिए ।

जनयुद्धकारदेखि पार्टीको इमानदार सिपाहीको रूपमा जिम्मेवारी पूरा गर्दै आएका महेश सामाजिक कार्यमा समेत सहभागी हुँदै आएका थिए । जनयुद्धको क्रममा सुर्खेत जेल ब्रेकका योद्धा समेत हुन् ।