वैशाख २४, काठमाण्डौ । सिंहदरबारभित्र सञ्चालित ‘हाम्रो खाजा घर’ क्यान्टिनले म्याद नाघेको दही बिक्री गरेको फेला परेको छ। म्याद नाघेको दही बिक्री गरेको फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको हो।




उपभोक्ताको गुनासोका आधारमा गरिएको आकस्मिक अनुगमनमा उक्त कमजोरी भेटिएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ।



साथै, दही उत्पादक ‘श्री कृष्ण डेरी फर्म’ लाई व्यवसाय दर्ता प्रमाणपत्र पेस गर्न र क्यान्टिनलाई खरिद बिलसहित ३ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ।














