
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष मनाउदै आएको आकाशे घैटाफोड तथा सास्कृतिक कार्यक्रम सम्पन भएको छ ।

युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचानू भन्ने नारा दिईएको आकाशे घैटाफोड कार्यक्रम बिहिवार भाद्र २१ गते सडकपुर बौनिया युवा क्लबको आयोजनामा सम्पन्न भएको हो ।




कार्यक्रमको लागि बर्दगोरिया गाउँपालिका प्रबर्द्धक तथा बौनिया बजार व्यवस्थापन समिति र बसन्तमुरारी नमूना मावि सहयोगीका रूपमा रहेका थिए ।
कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेको आकाशे घैटा फोड्न मुडगाउको समूह सफल भएको छ । आकाशे घैटाफोडे संगै वडा नम्बर १ मुडा गाउले ५० ह्जार नगद पुरस्कार समेत हात पारेको छ । यो संगै मुडा गाउँ लगातार ३ बर्ष फोडन सफल भएको छ ।

सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बि सि को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर १ अध्यक्ष तथा गाउँ सरकारका प्रबक्ता मिथुन गौतम रहनु भएको थियो ।

क्लबका वरिष्ठ उपाध्यक्ष धिरज शाहीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका बर्दगोरिया अध्यक्ष राम बहादुर साउद, बौनिया बजार व्यवस्थापन समिती अध्यक्ष अमर बम, वसन्त मुरारी नमुना मा वि का प्र अ भुमी प्रकाश बम, वसन्त मुरारी नमुना मा वि का बिधालय व्यवस्थापन समिती अध्यक्ष टंक कुँवर, सडकपुर बौनिया खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष भोजराज भट्ट ,क्लबका पुर्ब अध्यक्ष देव राज स्वार लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, वडा नम्बर ३ का अध्यक्ष मन्ऋषी आचार्य ,वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही, ५ का अध्यक्ष भोलेराम चौधरी, कार्यपालिका सदस्य सरस्वती बि क लगाएतको उपस्थिति रहेको थियो ।
पाइप चढन सफल सुदिप चौधरीले ७ हजार पुरस्कार प्राप्त गर्दा भुई मटका फोडन सफल भैराज बि कले नगद ५ ह्जार पुरस्कार प्राप्त गरे ,यसै गरि मनोरञ्जनका लागि राखिएको महिलाहरुलाई म्युजिकल चियरमा सुबेक्षा थापा प्रथम हुन सफल भईन र नगद ३ ह्जार ५ सय हात पार्न सफल भईन ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी गणेश राज गिरिले क्लवले संस्कृति जोगाउन अहम भुमिका खेलेको बताउदै आगामी दिनमा अझ सक्रिय भएर लागुपदार्थ न्यूनीकरणमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।