वैशाख १५, काठमाण्डौ । झापाको दमक नगरपालिका–२ मा रहेको श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Oplus_16908288

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बिगो मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले नमूना विद्यालय भवन निर्माण गर्दा मूल्याङ्कनभन्दा धेरैको झुटा बिल भर्पाई बनाई भुक्तानी दिएको–लिएको तथा विद्यालयको नगद रकम व्यक्तिगत प्रयोग गरी हिनामिना, हानि/नोक्सानी तथा दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।