११ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको छ । शुक्रबार बिहानबाट उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोलीले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो ।



यसअघि महानगरले दुई दिनसम्म माइकिङ गरेर व्यवसायी र सर्वसाधारणलाई सचेत गराएको थियो । शुक्रबारबाट नगर प्रहरी र नेपाल प्रहरी सहितको टोलीले बजार क्षेत्रको फुटपाथमा राखिएका सामग्री हटाउने अभियान सुरु गरेको हो ।




महानगरपालिकाले पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री नराख्न आग्रह गरेको छ । सडकपेटीमा निर्माण सामग्री थुपार्न, मोटरसाइकल ग्यारेजका सामान राख्न र मापदण्डविपरीत कवाडी व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको छ ।












