वैशाख ८, काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको १२९ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको छ।



ओपनर कुशल भुर्तेलको आक्रामक ब्याटिङको मद्दतमा नेपालले पावर प्ले सकिएलगत्तै ६.४ ओभरमा बिना विकेटको क्षति ६१ रन बनाएको छ।ओपनिङमा आएका भुर्तेलले युएईका बलरहरूमाथि सुरुदेखि नै दबाब बनाएका छन्। उनी २५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४१ रनमा अविजित छन्।




१६४ को स्ट्राइक रेटमा खेलिरहेका उनलाई अर्का ओपनर कुशल मल्लले साथ दिइरहेका छन्। मल्लले १४ बलमा २ छक्कासत १५ रन बनाएका छन्।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।











