कञ्चनपुर । जिल्लाको दोधारा चाँदनी नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहकार्यमा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

“प्रभावित व्यक्तिहरूप्रति उत्तरदायित्व अन्तर्गत गुनासो सुनुवाइ प्रणालीका बारेमा संरक्षण तथा अन्य विषयगत क्षेत्रहरूको अभिमुखीकरण” शीर्षकमा आयोजित उक्त कार्यक्रममा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विपद् आइपर्दा सुरक्षा व्यवस्थालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, आपतकालीन अवस्थाहरूमा विषयगत शाखाहरू तथा सम्बन्धित सरोकारवालाबीच समन्वय कसरी सुदृढ गर्ने भन्ने विषयमा पनि विचार आदानप्रदान गरिएको थियो।

त्यसैगरी, गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी र सुदृढ बनाउन आवश्यक उपायहरूबारे सहभागीहरूबीच छलफल भएको थियो। विपद्का बेला सुरक्षाको दृष्टिकोण अपनाउँदै कृत्रिम दुर्घटना हुन नदिन आवश्यक सतर्कता अपनाउने विषयमा पनि कार्यक्रमले जोड दिएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सक्रिय सहभागिता रहँदा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको