बैतडी ।  बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा– ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस पुर्चौडी–७ कै बडगाउँ घुम्तीमा दुर्घटना भएको हो ।

पवनदुत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सख्या १३ पुगेको छ।

घटना स्थलमै मृत्यु हुनेमा बझाङको विथ्थडचिर गाउँपालिका – ७ बस्ने ४० बर्षीय केशवराज जोशी, सोही ठाउँका १३ बर्षीय अशोक जोशी, ३५ बर्षीय बसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेशराज जोशी रहेका छन् ।

यस्तै केदारस्यु गाउँपालिकाका ६० बर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका – ७ बस्ने ४० बर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका– बस्ने ४० बर्षीय पुष्पा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्ररही नायव निरीक्षक बल्देब बडुले जानकारी दिए ।