कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका -२ मा रहेको धार्मिक स्थल बर्दगोरिया धाममा हिजो देखि बर्दगोरिया धार्मिक पर्यटकीय सांस्कृतिक माघ मेला २०८२ को सुरुवात भएको छ ।

मेलाको उद्घाटन बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले आज पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा उद्घाटन गरेका छन् ।

विगत दशकौ देखि सञ्चालन हुँदै आएको मेला भर्ना छिमेकी देश भारत लगायत यहाँका विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरू मेला भर्न आउने गर्दछन् ।

आयोजक संस्थाका अध्यक्ष जगराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बेश क्याम्प बौनियाका प्रमुख सुबास केसी , वडा नं. १,२,५ का अध्यक्ष इलाका प्रहरी बौनियाका प्रमुख डम्बर बिष्ट विभिन्न टोलका भलमन्सा तथा विभिन्न समाजसेवी बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

बर्दगोरिया क्षेत्र विकास तथा संरक्षण मञ्चको आयोजनामा सञ्चालित उक्त मेला पौष २८ देखि माघ २ गते सम्म सञ्चालन हुनेछ ।