बर्दगोरिया । बर्दगोरिया गाउँपालिकामा रहेको बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारण तथा चुनावी सभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष उमा शङ्कर अवस्थीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व माननीय नन्द बहादुर साउँद रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका २ नम्बर वडा अध्यक्ष गोविन्द विक रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नन्द बहादुर साउदले संस्थाले राम्रो काम गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । उनले भने ‘यस सहकारीलाई ठुलो योजनाका रूपमा अगाडी बढाउनु पर्छ ।’

प्रमुख अतिथि साउदले थप सहकारीको बारेमा बुझ्न पूर्वतिरको अन्य सहकारीहरू समेत अवलोकन गर्नुहुन सुझाए यसका साथै आफ्नै पहलमा अब तत्कालै सहकारी मार्फत डेरी सञ्चालन हुने पनि बताए र यस संस्थाको उन्नतिका लागि आफूले सक्ने सहयोग सदैब गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

वडा अध्यक्ष गोविन्द विकले सहकारीले शेयर सदस्य बढाउने र बजार मुखी बचत मात्र नगरी किसान सँग पनि जोदिएर कुनै उद्योग सञ्चालन गरी उत्पादनलाई बढुवा दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द बि क , बौनिया बजारका व्यापारी तथा समाजसेवी बृजेश रावल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।सहकारी संस्थाले आफ्ना विभिन्न शेयर सदस्यहरुलाई नियमित बचत, नियमित ऋणी लगायतका विधाहरूमा  सदस्यलाई खादा, प्रमाणपत्र सहित सम्मान गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष उमा शङ्कर अवस्थिले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बचतकर्तालाई समय समयमा कार्यालयमा आएर संस्थाको वित्तीय जानकारी लिन आग्रह गरे । यस्तै संस्थाका कोषाध्यक्ष ध्वज बहादुर सुनारले ३ करोड ३५ लाख ८ सय ८५ रूपैंया बराबरको आयव्य विवरण प्रस्तुत गरेका थिए ।

संस्थाले आफ्नै भवनबाट सेवा सुविधा दिँदै आएको छ ,साथै आगामी दिनमा संस्थालाई चलायमान बनाउन यसै वर्ष देखि भुक्तानी गर्दा चेक मार्फत गर्ने योजना समेत साधारण सभा बाट पारित गरेको छ ।

कार्यक्रमको सञ्चालन संस्थाका सह सचिव कृष्ण भण्डारीले गरेका थिए । २०५७ चैत १५ गतेदेखि आफ्नो सेवा थालनी गरेको सो सहकारीमा हाल ५ सय १४ शेयर सदस्य आबद्ध छन् ।