धनगढी । थारु समुदायका लागि गर्वको विषय बनेको छ । थारु समुदायका नायक संगत थारुका भान्जा, धनगढी उपमहानगरपालिका–५ हसनपुरका मिलन चौधरी पाइलट बन्न सफल भएका छन् ।

२४ वर्षको उमेरमै पाइलट बन्न सफल मिलन चौधरीले फिलिपिन्सस्थित एक प्रतिष्ठित उड्डयन प्रशिक्षण संस्थाबाट पाइलटसम्बन्धी अध्ययन पूरा गरी पाइलटको आधिकारिक प्रमाणपत्र प्राप्त गरिसकेका छन् । अब हवाईजहाज उडाउन योग्य भएका छन् ।

सामान्य परिवारमा जन्मिएका मिलन चौधरीको यो सफलता थारु समुदाय मात्र नभई सुदूरपश्चिम क्षेत्रकै लागि प्रेरणादायी बनेको छ । सीमित स्रोत–साधनका बाबजुद निरन्तर मेहनत, लगनशीलता र आत्मविश्वासका कारण उनले आफ्नो बाल्यकालको सपना पूरा गर्न सफल भएका हुन् ।