जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार दुर्घटनामा बर्दगोरिया गाउँपालिका– ४ का ६४ वर्षीय दानबहादुर साउद, ३६ वर्षीय हर्कबहादुर साउँद र १४ वर्षीय सितल साउँदको मृत्यु भएको छ।



डीएसपी सिंहका अनुसार पूर्वपश्चिम राजमार्गको लम्कीचुहा नगरपालिकास्थित धोबेनी खोलामा सुपप्र ०१–००२ त ४९९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
घाइतेलाई उद्धार गरी अस्पताल पुगाइएको प्रहरीले जनाएको छ। ट्याक्टर धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको बताइएको छ।














