काठमाण्डाै । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डी ककले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा फिर्ता लिएका छन् ।



एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने निर्णय उल्ट्याएका ३२ वर्षीय डी कक पाकिस्तान भ्रमणका साथै नामिबियामा हुने एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि टोलीमा समावेश भएका छन् ।



सन् २०२३ को एकदिवसीय विश्वकपपछि क्विन्टन डी ककले ५० ओभरको क्रिकेटबाट सन्यास लिएका थिए र टी–२० फर्म्याटमा पछिल्लो पटक सन् २०२४ मा बार्बाडोसमा भएको विश्वकप फाइनल खेलेका थिए । यद्दपि उनले आधिकारिक रूपमा टी–२० क्रिकेटबाट सन्न्यास लिएका थिएनन् ।



डी ककले १ सय ५५ एकदिवसीयमा २१ शतक र ३० अर्धशतकसहित ६ सय ७ सय ७० रन बनाएका छन् । यस्तै ९२ टी–२० मा १ शतक र १६ अर्धशतकसहित २ हजार ५ सय ८४ रन बनाएका छन् ।


