
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर -६ मा “थारु भाषा, सांस्कृति हमार पहिचान; संरक्षण ,संवद्वन कर्ना हमार अभियान ” भन्ने नाराका साथ थारु समुदायको पहिलो तिहार ( गुरिया )गुरही असरैना कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका भुमी व्यवस्था तथा कृषि सहकारीका मन्त्री रामेश्वर चौधरी रहेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले युवा क्लबले आफ्ना पुराना परम्परालाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको भन्दै धन्यवाद व्यक्त गरे ।





उनले भने – “हामी सबैले आफ्नो कला संस्कृतिको जगेर्ना गर्न आआफ्नो स्थान बाट हुने सहयोग गर्न जरुरी रहेको छ । पछिल्लो समयमा युवाहरूले आफ्नो परम्परागत कला संस्कृति बिर्सिएर विदेशी रहनसहन तथा विदेशी कला संस्कृतिलाई बढी प्राथमिकता दिएको देखिन्छ । उनीहरुलाई विदेशी रहनसहन तथा विदेशी कला संस्कृति बाट टाढा राख्दै आफ्नो परम्परागत रीतिरिवाज, कला संस्कृतिमा रमाउन सिकाउनका लागि यस्ता कार्यक्रमको प्रमुख भुमिका रहने गर्छ ।


आफ्नो कला संस्कृतिको जगेर्ना गर्न आम सम्पुर्ण युवा पुस्ता एक भइ आफ्ना पौराणिक कला संस्मृति झल्कने यस्ता कार्यक्रम गर्न अति आवस्यक छ । प्रदेश सरकारले अन्य चाडपर्व लाई जस्तै थारु समुदायको पहिलो तिहार गुरही पर्वलाई पनि विशेष रुपमा हेर्ने गरेको छ । यस्मा पनि आगामी वर्षहरुमा प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ ।”


यस्तै कार्यक्रम विशिष्ट अतिथिको आसन बाट सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले अन्य साँस्कृतिक कार्यक्रम जस्तै यो गुरही पर्वलाई पनि पालिकाले विशेष महत्त्व दिएको छ । जस अनुसार आज पालिकाले १ दिन सार्वजनिक विदा दिएको बताए । यतिमात्र नभई यो कार्यक्रम सम्पन्न गर्न पालिकाको तर्फबाट सकेजति सहयोग गर्ने समेत बताए ।

कार्यक्रममा थारु समुदायका कला संस्कृति झल्काउने लेहेङ्गा, चोली, धोती को पहिरन सहित राष्ट्रिय तथा स्थानीय कलाकार हरुले गित तथा नाचको माध्यमबाट आफ्नो प्रस्तुति देखाएका थिए।
यस्तै कार्यक्रमलाई सफल पार्न आआफ्नो स्थान बाट सहयोग गरेको भन्दै युवा क्लबले सहयोगी दाताहरूलाई सम्मान समेत गरिएको थियो ।
