काठमाण्डौ । पाँचाैं तथा अन्तिम खेलमा घरेलु टाेली वेस्ट इन्डिजलाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा क्लिन स्वीप गरेको छ ।

वेस्ट इन्डिजले दिएको १ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍याे । अस्ट्रेलियाका मिचेल ओविनले सर्वाधिक ३७ रन बनाए । वेस्ट इन्डिजका अकिल होसेनले ३ विकेट लिए ।

त्यसअघि वार्नर पार्कमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७० रन बनायो । वेस्ट इन्डिजका शिमरन हिटमायरले सर्वाधिक ५२ रन बनाए । अस्ट्रेलियाका बेन ड्वारशुइसले ३ विकेट लिए । यसअघि भएकाे तीन खेलकाे टेस्ट शृङ्खला पनि अस्ट्रेलियाकाले क्लिन स्वीप गरेकाे थियाे ।