धनगढी । कैलालीको भासु भिरमा ट्रक खसेको छ । आइतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको खाली ग्यास सिलिण्डर बोकेको मालबाहक ट्रक भासु भिरमा दुर्घटना भएको हो ।

जिल्लाको चुरे गाउँपालिका ५ खानीडाडा स्थित भासु भिरमा ७/८ सय मिटर तल ट्रक खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका ५ तारानगरका राजेन्द्रप्रसाद बिष्टको सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० नम्बरको आइसर कम्पनिको ट्रक दुर्घटनामा परेको हो ।

गाडीमा लोड गरिएका सबै ग्यास सिलिण्डर र ट्रकमा क्षति पुगेको छ। मानवीय क्षति नभए पनि गाडी र गाडीमा रहेका खालि सिलिन्डर पुर्ण क्षति भएको बताइएको छ। विष्ट लटिनाथ मार्केटिङ फर्मका सञ्चालक हुन् । सो क्षेत्रमा प्रहरी परिचालन भएर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।