धनगढी । गायिका अन्नु चौधरीको बर्खाके मौसम बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकोछ ।

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका (९ मा जन्मेकी अन्नुले थारु समुदायका गीतहरुबाट आफ्नो सांगीतीक यात्रा सुरु गरेकी हाल नेपाली तथा विभिन्न भाषाभाषीका सयौ गीतहरू गाइसकेकी गायिका अन्नु चौधरी बर्खाके मौसम गीत बाट म्युजिक भिडियोमा डेब्यु गरेकी छन् ।

म्युजिक भिडियो साउन २ गते गायिका चौधरीको जन्मदिनको अवसर पारेर उक्त म्युजिक भिडियो अन्नु चौधरीको आफ्नै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको छ । भिडियोमा गायिका चौधरीको मुख्य भूमिका रहेको देख्न सकिन्छ । विषेशगरी साउन महिनालाई लक्षित गरी उक्त म्युजिक भिडियो तयार गरिएको जनाइएको छ ।

यसैगरी आफ्नो जन्मदिनको अवसरमा गायिका चौधरीले बालबालिकाहरूलाई विद्यालय पोशाक सहित शैक्षिक सामग्री झोला, कापी, पेन्सिल लगायतका सामाग्री वितरण गरेकी छन् । कैलाली जिल्ला लम्किचुहा नगरपालिका (९ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालयमा कक्षा १ देखि कक्षा ४ सम्म अध्ययन गरिरहेका ४५ जना विद्यार्थीहरुलाई सामाग्री वितरण गरेकी हुन ।