


सागर चौधरी ,बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको पृथ्वीपुरगाउँमा श्री जनजागरण युवा क्लबको आयोजनामा गुरही असरैना कार्यक्रम हुने भएको छ ।





“थारु भाषा ,सांस्कृति हमार पिहचान संरक्षण ,संवद्वन कर्ना हमार अभियान ” भन्ने नाराका साथ सुरु हुन लागेको गुरही असरैना कार्यक्रम भाद्र ४ गते दिउँसो २ बजे देखि संचालन हुने आयोजकले जानकारी दिएको छ ।




विगत २१ सय वर्ष देखि मनाउदैआएको गुरही असरैना कार्यक्रम यस पटक स्थानिय तथा राष्ट्रिय कलाकार साथै टिकटक स्टारको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।




बर्दगोरिया ६ मा हुने गुरही असरैना कार्यक्रमको माध्यमबाट बर्दगोरिया ६ न वडाक्षेत्रको तिव्र विकासका निमित्त गुरही असरैना कार्यक्रम संचालन हुन लागेको हो । बर्दगोरिया ६ न वडाक्षेत्र प्रचार प्रसार गर्ने र पृथ्वीपुर नमुना गाउँ बनाउने उदेश्यले गुरही असरैना कार्यक्रमको आयोजना गरिएको कार्यक्रम मूल आयोजक समितिका संयोजक सागर चौधरीले जानकारी दिए ।

यहाँ गुरही असरैना कार्यक्रम परापुर्ब काल देखिनै मनाउने प्रचालन छ । उनले भने , विशेषत: यो थारु समुदायको पहिलो तिहुवार मान्ने गर्छन। राष्ट्रिय गुरहि पर्व भएकोले नेपालको थारु समुदायमा मानउने गर्छ्न । कैलालीका विभिन्न क्षेत्र साथै नजीकका गाउँपालिका बाट गुरही असरैना कार्यक्रम सहभागीका लागी आउने गरेका छन ।

गुरही असरैना कार्यक्रममा थारु समुदायका परिकार र कला संस्कृती र मौलिकता झल्काउने भेष भुसा र , मन्दरहुवानाच सहितको ,प्रदर्शन गरिने सास्कृतिक संयोजक चौधरीले बताए । उनले भने ‘यहाँको कला र संकृतिको प्रवद्वन गर्नु पनि हाम्रो दायित्व हो ।

गुरही असरैना कार्यक्रममा आउने कलाकारहरु मनिराम करिय भगरिया , खुशीराम रात्गैया , राज बन्धु ,संगिता चौधरी , राजु चौधरी मोडेल नानु८८४८ लगाएत कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । प्रमुख अतिथि कार्यक्रमको उद्घाटन भुमी व्यवस्था तथा कृषि सहकारीका मन्त्री रामेश्वर चौधरीले गर्ने समेत आयोजकले जनाएको छ ।
