धनगढी । कैलालीबाट लागू औषध सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

बिहीबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर खटीएको प्रहरी टोलीले भजनी नगरपालिका व– ५ लालबोझीबाट  ५ ग्राम ६७० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भजनी नगरपालिका – ४ का २५ वर्षीय मनोज चौधरी, सोही ठाउँका २१ वर्षीय विक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र घोडाघोडी नगरपालिका – १२ का २१ वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले उनीहरू सवार से ३ प ९२३६ र ग ६ प ८३७९ नम्बरको मोटरसाइकल पनि बरामद गरेर चारै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।