कैलाली । काठमाण्डौमा असार ७ र ८ गते सम्पन्न प्रथम अधिवेशनबाट राष्ट्रिय थारु कलाकार मञ्चको केन्द्रिय समितिमा मनोनित सुदूरपश्चिमका चार जना सदस्यहरुलाई आज धनगढीमा स्वागत तथा बधाई कार्यक्रम मार्फत सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश बाट केन्द्रिय समितिमा मनोनित भएका भानुप्रताप चौधरी, बालकृष्ण चौधरी, मनोज चौधरी र आर्यन चौधरीलाई बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रालीले एक समारोहका बिच स्वागत तथा बधाई कार्यक्रम मार्फत सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले बताए ।

चौधरीका अनुसार बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिड्ड प्रालिले बिगत आफ्नो स्थापनाकाल देखिनै थारु कलाकारहरुको हकहितका लागी वहाँहरुको प्रबद्र्धन तथा प्रोत्साहनको कार्यहरु गर्दै आएको बताए ।

आजको कार्यक्रम पनि सुदूरपश्चिम प्रदेश बाट ४ जना सदस्य मनोनित हुँदा वहाँहरुको कार्यकाल सफताको कामना सहित हौसला बढाउने उद्येश्य स्वरुप यो कार्यक्रमको आयोजना गरेको उनले बताए ।

कार्यक्रममा थारु कलाकार मञ्च सुदूरपश्चिमका अध्यक्ष संगत थारु, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा थारु कलाकार मञ्च सुदूरपश्चिमका सदस्य सुयोगबिर चौधरी, आशिष चौधरी, आदर्श महतो, थारु सुपक सलिमा पहुराका सञ्चालक गोविन्द मुखिया लगायतको सहभागिता रहेको थियो ।