काठमाण्डौ । एएफसी महिला एसियन कप छनोट अन्तर्गत श्रीलंका विरुद्धको खेलमा नेपालले पहिलो हाफमै ४–० को अग्रता बनाएको छ। नेपालको फराकिलो अग्रता बनाउने क्रममा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरिन्।

कप्तान साबित्रा भण्डारी (साम्बा) को ह्याट्रिक र रश्मि कुमारी घिसिङले अर्को एक गोल गरेकी थिइन्। नेपालले सुरुवातमै अग्रता लियो। नेपालका लागि अनिता बस्नेतको कर्नरमा रश्मी कुमारी घिसिङको हेडरले सही दीशा लिएको थियो।

नेपालले खेलको २० औं मिनेटमा अग्रता दोब्बर बनायो। दोस्रो गोल सावित्रा भण्डारीले गरीन्। खेलको ३६ औं मिनेटमा कप्तान साम्बाले फ्रि–किकमा सीधै गोल गरिन्। तर रेफ्रीले गोलको मान्यता दिएनन्।

पहिलो हाफको इन्जुरी समय सविता राना मगर को क्रसमा गोल गर्दै साम्बाले ह्याट्रिक पुरा गरिन्। साम्बाको यो ६० औं खेलमा ६४ औं गोल हो।