कैलाली । जिल्लाको धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ।

CP-HOSPITAL

धनगढी उपमहानगरपालिका–१२ सि गाउँका राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठ पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो।

तर अस्पतालमा चिकित्सकले परीक्षण गरेपछि शिद्धार्थलाई मृत घोषणा गरेका हुन्। डुबेको स्थान घर नजिकै रहेको खाल्डो रहेको प्रहरीले जनाएको छ। बालक खेल्ने क्रममा सो खाल्डोमा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।