भजनी । भजनी नगरपालिकामा अविरल बर्षाका कारण बाढी प्रभावित भजनी नगरपालिकाका बाढी वाट पिडित नागरिकलाई पाण्डव जनरल स्टोरका प्रोप्राइटर, भजनी निवासी टंक प्रसाद जोशी द्वारा ४१ पेटि पानी सहयोग गरिएको छ ।



जोशी विभिन्न सामाजिक तथा राजनीतिक संघ संगठनमा आबद्ध व्यक्ति हुन हाल महुन्याल बहुमुखी क्याम्पस भजनीका अध्यक्ष, नेपाली काङ्ग्रेस कैलालीका लेखा संयाेजकका रूपमा आबद्ध छन्, उनले क्याम्पसमा मन्दिर निर्माण पनि गरेका छन्, विगत १० बर्ष देखि निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएका जोशीले हालसम्म ,५६ पटक रक्तदान समेत गरिसकेका छन् । अहिले बाढी पीडितहरुलाई सहयोग गर्न पाउँदा आफु खुसी भएको वहाँले बताउनु भयो ।





राहत सामाग्री भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीलाई हस्तान्तरण गरिएको हो । राहत हस्तान्तरण कार्यक्रममा बिपत शाखा प्रमुख विष्णु न्यौपाने, कानुनी इकाई प्रमुख पुर्ण प्रसाद जोशी, नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाका सभापति राम नारायण चौधरी,कर्मचारी लगायतको उपस्थितिमा राहत हस्तान्तरण गरिएको थियोे ।
