गुल्मी । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको गुल्मीको रिडी–वामीटक्सार सडक सुचारु बनेको छ ।

CP-HOSPITAL

उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका –८ र मुसिकोट नगरपािलका –५ को सिमाना नजिकै तल्लो फाँटमा गए राती सडक माथिबाट खसेको पहिरो पन्छायपछि सडक सुचारु बनेको हो ।

अवरुद्ध सडक सुचारु गर्नका लागि स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक शिवधन प्रसाद कठरियाको नेतृत्वमा परिचालन गरिएको प्रहरी टोलीले काममा सहजीकरण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगा बहादुर सारुले जानकारी दिएका छन ।

सडक अबरुद्ध भएपछि बिहानैदेखि दुबैतर्फ बिच बाटोमा रोकिएका सवारी साधनहरु अहिले आआप्mनो गन्तव्मा लागेका छन । उक्त सडक जिल्लामा सबै भन्दा धेरै सवारी साधन सञ्चालन हुने सडक अन्तर्गत पर्दछ ।