कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर २ जर्लैया बस्ने चाँद अलि भाँटको छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर अगाडी नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक नातिनी र हजुरआमालाई करेन्ट लाग्दा नातिनी साहिना खातुनको मृत्युु भएको र हजुरआमा ४८ वर्षीय अन्जुम भाँट घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरका असई डोल बहादुर थापाले जानकारी दिए ।


प्रहरीका अनुसार नातिनीलाई बचाउने क्रममा घाइते भएकी हजुरआमा अन्जुम भाँटको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । छोरी खातुनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।