काठमाण्डाै । भ्रष्टाचार मुद्दामा निलम्बित नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत बयानका लागि विशेष अदालतमा हाजिर हुनुभएको छ । उहाँको अहिले बयान चलिरहेको छ भने आजै थुनछेक बहसको तयारी छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा उहाँमाथि भ्रष्टाचार मुद्दा लागेको छ ।



प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा बस्नेत र पूर्व कानून सचिव धनराज ज्ञवालीसहित १६ जना र दुई कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।








