डडेल्धुरा । डडेल्धुरामा आज बिहान भारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जिल्लाको गाइबाणे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको हो ।

थप वर्षा हुने सम्भावना रहेकाले डडेल्धुरा र कन्चनपुर जिल्ला भएर बग्ने खोलाहरुमा बहाब बढ्नसक्ने विभागले जनाएको छ।तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहेकाहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।