काठमाण्डौ । आईसीसी महिला टी- २० विश्वकप एसिय छनोटअन्तर्गत आज हुने खेलमा नेपालले बहराइनको सामना गर्दैछ । आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ ।

यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो । नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी-२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।

नेपाल समूह ए मा रहेको छ । तीन समूहमा शीर्ष स्थान बनाउने टोली सुपर थ्रीमा पुग्नेछ ।