काठमाडौं । स्थानीय बजारमा स्याउको भाउ घटेको छ । लामो समयदेखि स्थिर रहेको स्याउको भाउ आज सोमबार घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ ।

सोमबार फुजी स्याउको भाउ थोकमा प्रतिकिलो अधिकतम ३ सय ४० रुपैयाँ छ । औसतमा भने ३ सय २० रुपैयाँ कायम छ । यसअघि फुजी स्याउ प्रतिकिलो अधिकतम ३ सय ५० रुपैयाँ तथा औसतमा ३ सय ३० रुपैयाँमा किनबेच भइरहेको थियो ।



यस्तै झोले स्याउको भाउ भने स्थिर छ । झोले स्याउ प्रतिकिलो अधिकतम २ सय ५० रुपैयाँ र औसतमा २ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।